तपाईँ सुन्दै हुनुहुन्छः

सुनौली नाकाहुँदै १ सय ५३ जना भित्रिए

रुपन्देही । रुपन्देहीको सुनौली नाका हुँदै १ सय ५३ जना नेपाली नेपाल भित्रिएका छन् ।

सुनौली नाका हुँदै १ सय जना भारतीय नागरिक भारततर्फ गएको जिल्ला प्रशासन रुपन्देहीले जनाएको छ ।

भारतबाट फर्कने नेपालीहरूमा प्रदेश ५ का अलावा बागमती प्रदेश, प्रदेश २, प्रदेश १, गण्डकी प्रदेशलगायतका जिल्लाका रहेका छन् ।
पछिल्लो समय भारतमा कोरोना भाइरस संक्रमण बढ्दैै जानू र नेपाल-भारतबीच सम्बन्ध थप बिग्रिदै जानुले पनि भारतमा रहेका नेपालीहरूले असुरक्षित महशुस गरि स्वदेश फर्कने क्रम जारी रहेको विश्लेषकहरूको विश्लेषण छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button