ताप्लेजुङमा थप ३ जना कोरोना संक्रमण

ताप्लेजुङ । ताप्लेजुङमा थप ३ जना कोरोना संक्रमित थपिएका छन् । बैदेशिक रोजगारीबाट फर्किएका १४ जनाको पीसीआर परीक्षण गर्न पठाइएकोमा बुधवार आएको रिर्पोटमा ३ जनाको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएका स्वास्थ्य कार्यालयक ताप्लेजुङका प्रमुख राजकुमार पोखे्रलले जानकारी दिनुभयो ।
१ जना कोरोना संक्रमित भने उपचारपछि घर फर्किएका छन् । यो सहित संक्रमित ४ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
जिल्लाको सिरिजङ्घा गाउँपालिकाका २ तथा पाथिभरा याङ्वरक गाउँपालिकाका १ गरी यहाँ अहिले ३ जना कोरोना संक्रमित उपचारका लागि ताप्लेजुङ उद्योग बाणिज्य संघको आइसोलेसन कक्षमा रहेका छन् ।
भारतसहित तेस्रो मुलुकबाट आई आइसोलेसन, क्वारेन्टिन, होल्डिङ सेन्टर तथा कोभिड–१९ सम्भावित लक्षण देखा परेका नागरिकलाई पीसीआर परीक्षण गरिदैं आएको छ ।








प्रतिक्रिया राख्नुहोस्