तपाईँ सुन्दै हुनुहुन्छः

अर्थ मन्त्रालयद्वारा कार्य सम्पादन सम्झौता सम्पन्न

काठमाडौं । अर्थ मन्त्रालयले बुधवार मन्त्रालयका विभिन्न महाशाखा र विभागका प्रमुखहरुसँग कार्य सम्पादन सम्झौता सम्पन्न गरेको छ ।

अर्थ मन्त्री डा युवराज खतिवडाको उपस्थितिमा भएको सम्झैतामा अर्थ सचिव शिशिरकुमार ढुंगाना तथा राजश्व सचिव रामशरण पुडासैनीले आआफनो मातहतका सहसचिव र विभागीय प्रमुखहरुसंग कार्य सम्पादन सम्झौता गर्नु भएको हो ।

कार्यक्रममा अर्थ सचिव एवं राजस्व सचिवले सम्भौतामा भएको व्यवस्था बमोजिमको कार्यसम्पादन गर्न सहसचिवहरु तथा विभागीय प्रमुखहरुलाई निर्देशन दिनु भएको मन्त्रालयका प्रवक्ता सहसचिव उत्तरकुमार खत्रिले जानकारी दिनुभयो ।

यस अघि मंगलवार अर्थमन्त्री डा.युवराज खतिवडासँग अर्थसचिव शिशिरकुमार ढुंगाना, राजस्वसचिव रामशरण पुडासैनी तथा महालेखा परीक्षक गोपीनाथ मैनालीबीच छुट्टा छुट्टैकार्य सम्पादन सम्झौता सम्पन्न भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button