तपाईँ सुन्दै हुनुहुन्छः

पृथ्वी राजमार्ग फेरी अवरुद्धः डाईभर्सनमा मालवाहक ट्रक फस्यो

तनहुँ । पृथ्वी राजमार्ग अन्तरगत तनहुँको नाहालामा मंगलबार दिउसो खुलाइएको सडक फेरी अवरुद्ध भएको छ । हिजो बिहानदेखि अवरुद्ध भएको बाटो हिजो (मंगलबार) दिउँसोबाट एकतर्फी खुलाइएको थियो ।

पृथ्वी राजमार्ग अन्तरगत तनहुँको नाहालामा सडक भासिएपछि बनाईएको डाईभर्सन (बैकल्पिक सडक)मा मालवाहक ट्रक फसेकोले बुधबार दिउँसो १२ः३० बजेदेखि बाटो अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज तिमल्सिनाका अनुसार डाईभर्सन (बैकल्पिक सडक)मा हिलो हुँदा मालवाहक ट्रक फसेकाले सडक अवरुद्ध भएको छ ।

’राजमार्गको छेउमा बनाइएको डाईभर्सनमा ट्रक फसेकाले सडक अवरुद्ध भएको हो ।’ डिएसपी तिमिल्सेनाले भन्नुभयो ’जेसिबीको प्रयोग गरेर निकाल्ने काम भईरहेको छ । उहाँले थप्नुभयो ’ हिजोदेखि लगातार सवारी आवतजावत हुँदा बाटो हिलो भएको हुँदा समस्या देखिएको हो ।’

आवश्यक मात्रमा ढुङ्गा, गिट्टीको ब्यवस्थापन हुन नसक्दा हिजोदेखि भरपर्दो एबं बलियो डाइभर्सन निर्माण हुन सकेको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button