करणी उद्योगमा फरार रहेका वली तुलसीपुरमा पक्राउ

तुलसीपुर । जबरजस्ती करणी उद्योगमा फरार रहेका एक व्यक्ति पक्राउ परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–३ बोहोरागाउँ निबासी ४४ बर्षका खिमबहादुर वली रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता चक्र डम्बरपालले जानकारी दिए ।
तुलसीपुर उपमहागनरपालिका–१ निवासी एक महिलालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा फरार रहेका वलीलाई प्रहरीले घरैबाट हिजो पक्राउ गरेको हो । गएको बैशाख १७ गते राती १२ बजे ती महिलाई बलात्कारको प्रयास गरेको भन्दै प्रहरीमा जाहेरी परेको थियो ।








प्रतिक्रिया राख्नुहोस्