तपाईँ सुन्दै हुनुहुन्छः

नदीमा बेपत्ता बालकको शव फेला

वीरगंज । पर्साको जगरनाथपुरमा नौरंगीया खोलाले हिजो साँझ बगाएर बेपत्ता भएका १५ बर्षीय बालक कृष्ण पटेलको शव आज विहान फेला परेको छ ।

अबिरल बर्षासंगै आएको बाढीमा दाउरा टिप्न जानेक्रममा नौरंगीया खोलाले बगाउँदा जगरनाथपुर गाउँपालिका वडा नं ६ माधोपुर निवासी अनिरुद्ध पटेलका १५ वर्षिय छोरा बेपत्ता भएका थिए ।

बेपत्ता बालकको खोजी राती अबेर सम्म गरिएकोमा नभेटिएपछि पुनः आज बिहान खोजी गर्दा बेपत्ता भएको स्थानबाट झण्डै ५ सय मिटर पर नदी किनारमा शव तैरिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button