तपाईँ सुन्दै हुनुहुन्छः

भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा सात जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालगन्ज  । भेरी अस्पताल नेपालगन्जमा गरिएको पिसिआर परीक्षणमा आज सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।  अस्पतालका अनुसार बाँकेका तीन तथा बर्दिया र सल्यानका दुई/दुई जनामा कोरोना देखिएको हो ।

बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ की २६ बर्षीया महिला, राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ की ३६ बर्षीया महिला र राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ का २० वर्षीय पुरुषको स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको हो ।

त्यस्तै बर्दियाको गेरुवा गाउँपालिका वडा नम्बर ४ का २८ वर्षीय पुरुष र वडा नम्बर ५ की १९ बर्षीया महिलामा कोरोना देखिएको छ ।

सल्यानका २५ र २७ वर्षीय दुई जना पुरुषमा पनि सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा दुई सय ७१ नमुना परीक्षण गर्दा सात जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button