तपाईँ सुन्दै हुनुहुन्छः

एसइई दिन नपाएका विद्यार्थीहरूको आन्तरिक मूल्याकंन गरी पठाइयो

बैतडी । माध्यमिक शिक्षा परीक्षा (एसइई) दिन नपाएका बैतडीका विद्यार्थीहरूको आन्तरिक मूल्याकंन राष्ट्रिय परीक्षा बोर्डमा पठाइएको छ ।

लकडाउनका कारण (एसइई) दिन नपाएका बैतडीका विद्यार्थीहरूको आन्तरिक मूल्याकंन गरेर राष्ट्रिय परीक्षा बोर्डमा पठाइएको हो ।

जिल्लाका सबै विद्यालयहरूले पठाएको आन्तरिक मूल्याकंनको नतिजा एकीकृत गरेर बोर्डमा पठाइएको शिक्षा विकास तथा समन्वय इकाई बैतडीका प्रमुख नरेन्द्र अवस्थाले जानकारी दिनुभयो ।

राष्ट्रिय परीक्षा बोर्डले यो वर्ष माध्यमिक शिक्षा परीक्षा दिन नपाएका विद्यार्थीहरूको आन्तरिक मूल्याङ्कन भनेपछि यहाँका विद्यालयहरूले विद्यार्थीहरूको आन्तरिक मूल्याङ्कन गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button