तपाईँ सुन्दै हुनुहुन्छः

झापामा पहिरोले पुर्दा एक जनाको मृत्यु, तीन घाइते

झापा । झापामा पहरोले पुर्दा एक नाबालकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । यसै गरी, बाढीले बगाउँदा एक जनाको ज्यान गएको छ ।

प्राप्त समाचार अनुसार झापामा पहाडी भूभाग पनि समेटिएको बुद्ध शान्ति गाउँपालिकाको वडा नं ७ मा मङ्गलवार राति घर माथिबाट खसेको पहिरोमा पुरिएर १५ वर्षीय विवेक दर्नालको मृत्यु भएको हो ।

घटनामा ७७ बर्षीया तिलमाया बराइली, २१ बर्षीया कल्पना बराइली र १९ बर्षीया पृष्टिना बराइली घाइते भएको प्रहरीले जनाएको छ ।

पहिरोले तेजकुमार बराइलीको घर पूर्णरुपमा क्षति भएको छ भने नजिकै रहेका दुई घर पहिरोको उच्च जोखिममा रहेकोले ती घरमा मानिसलाई नजिकै रहेको चर्चमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यसै गरी, झापाको भद्रपुर नगरपालिका–२ महारानीझोडाका ५० वर्षीय कुमार गजमेरको देउनियाँ खोलाले बगाएर मृत्यु भएको छ ।

गजमेर मङ्गलवार दिउँसो देउनियाँ खोलाको किनारामा मृत फेला परेको डा प्रहरी कायाृलय भद्रपुरले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button