सामुदायिक समृद्धिको अवधारणामा आएको हो वैज्ञानिक वन व्यवस्थापन
काठमाडौं । प्रतिनिधिसभा, कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिले वैज्ञानिक बन व्यवस्थापनको विषयमा विज्ञहरूसँग छलफल गरेको छ ।
समितिको आज सिंहदरबारमा बसेको बैठकमा विज्ञहरूले नेपालमा उत्पादक, बन पैदावार, जैविक विधिता र सिमसार क्षेत्र जस्ता वनको विशिष्टताका आधार वन क्षेत्रको वर्गीकरण गर्नुपर्ने बताउनुभयो ।
नेपालमा रहेको ४४ प्रतिशत वन क्षेत्रमध्ये २ प्रतिशत वनमा मात्रै वैज्ञानिक बन व्यवस्थापन भइरहेको भन्दै विज्ञहरूले आर्थिक सामाजिक समृद्धिका लागि आएको वैज्ञानिक वन व्यवस्थापनका लागि उपयुक्त मापदण्ड, कार्यविधि र मूल्याङ्कन पद्धतिको विकास गर्नु पर्नेमा जोड दिनुभयो ।
बैठकमा विज्ञहरू कृष्णचन्द्र पौडेल र सन्तोषमणी नेपालले दिगो र वैज्ञानिक रूपमा वनको विकास गर्ने गरी आएको वैज्ञानिक बन व्यवस्थापन बारेमा सम्बद्ध सबै पक्षलाई प्रभावकारी ज्ञान नहुँदा समस्या सिर्जना भइरहेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्