तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोले आमाको मृत्यु, छोरीको उद्धार

स्याङ्जा । अविरल बर्षाका कारण पहिरोले पुरिँदा स्याङ्जामा एक महिलाको मृत्यु भएको छ । गल्याङ् नगरपालिका १० सिमलसौँरामा पहिरोले घर भत्किँदा आमाको मृत्यु भएको हो भने छोरी घाईते भएकी छन् ।

घर भत्किँदा ५२ बर्षिय महिला मायाँ सारूको मृत्यु भएको हो भने २० बर्षिय छोरी नारायणी सारूलाई स्थायिनले उद्धार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक राजेन्द्र प्रसाद अधिकारीले जानाकारी दिनुभयो ।

राती खाना खाएर आमा छोरी सुतेकोमा बिहान स्थानियले पहिरोले पुरेको देखेपछि एक जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । घरदेखि करिब २५ मिटर माथीबाट आएको पहिरोले घर पुरेको हो । उद्धार गरीएको छोरी सारूको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारका लागि ल्याईएको डिएसपि अधिकारीले बताउनुभयो । त्यस्तै पहिरोले छिमेकी पदम सारूको घरमा समेत क्षति पुगेको छ । पहिरो विहान साढे ३ बजे खसेको स्थानीयले जनाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button