पर्साका ७ र बाराका २ गरी ९ जनामा कोरोना संक्रमण पुष्टि

वीरगंज । बीरगंजको नारायणी अस्पतालमा रहेको प्रयोगशालामा गरिएको पिसीआर परीक्षणको क्रममा गएराति पर्साका ७ र बाराका २ गरी थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो समय बीरगंजमा भारत तथा विदेशबाट आई क्वारेन्टाइनमा बसेका मात्र होइन,आफैं पैसा तिरेर कोरोना परिक्षण गराउनेहरुमा समेत धमाधम कोरोना संक्रमण पुष्टि भएपछि अब जनस्तरमै कोरोना संक्रमण पुगेको हुदा खतरा बढेको नारायणी अस्पतालका मेडीकल सुपरीटेण्डेन्ट डाक्टर मदन उपाध्यायले बताउनुभयो ।
गत सोमवार आफैले पैसा तिरेर नारायणी अस्पतालमा पिसिआर परिक्षण गर्न आएका ५२ जना मध्ये ६ जनामा कोरोना संक्रमण देखिएको र कन्ट्याक्ट टे«सिङ्गको आधारमा गरिएको परीक्षणमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको मेडीकल सुपरीटेण्डेन्ट डाक्टर मदन उपाध्यायले बताउनुभयो ।
कोरोना संक्रमण पुष्टि हुनेमा २ जना बाराका छन् भने ७ जना पर्साका रहेका छन् । कोरोना संक्रमण पुष्टि हुनेमा बीरगंज महानगरपालीका वाडा नम्बर ३१ चोर्नीमा संचालीत जगदम्बा ईन्टरप्राइजेज प्रा.लि. उद्योगका ५६ वर्षिय प्रमुख कार्यकारी अधिृकत(सिइओ) पनि रहेको नारायणी अस्पतालले जनाएको छ ।
पर्साका संक्रमितहरुलाई नारायणी अस्पतालको अस्थायी कोभिड गण्डक अस्पतालमा ल्याइएको र बाराका संक्रमितहरुलाई कलैया अस्पतालको आईशोलेशनमा पठाईएको नारायणी अस्पतालका मेडीकल सुपरीटेण्डेन्ट उपाध्यायले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्