नेपालगञ्जको फलफूल तथा तरकारी थोक बजार सञ्चालनमा
नेपालगञ्ज । बन्दाबन्दी खुकुलो भएसँगै नेपालगञ्जको फलफूल तथा तरकारीको थोक बजार पुनः सञ्चालनमा आएको छ ।
लामो समयको बन्दाबन्दीले बाँकेमा उत्पादन भएको फलफूल तथा तरकारीले सहज तथा थोक बजार पाउन नसक्दा गाउँमा उत्पादन भएको फलफूल तथा तरकारी खेतबारीमै कुहिएपछि किसान मर्कामा परेका थिए ।
स्थानीय प्रशासनले बाँकेमा थोक बजार सञ्चालनको अनुमति दिएसँगै बजार र कृषकको खेतसम्मको दूरी कम गर्न ढुवानी यातायातलाई पनि खुकुलो पारेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताउनुभयो ।
बन्दाबन्दीका कारण उत्पादन भएको तरकारीले लामो समय बजार नपाउँदा चिन्ताग्रस्त कृषक थोक बजार सञ्चालनमा आएपछि खुशी भएको बाँके कोहलपुरका किसान लक्ष्यबहादुर खड्काले बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्