स्याङ्जाका सुरक्षाकर्मीलाई देखियो कोरोना

स्याङ्जा । कोरोनाको कहर सामान्य बन्दै गएको स्याङ्जामा सुरक्षामा खटेका तीन प्रहरीमा कोरोना सङक्रमण भेटिएको छ । जिल्ला प्रहरी कार्यालयका ३३, ३४ र ३८ बर्षका तिन जनामा कोरोना सङक्रमण भेटिएको हो । सङक्रमित तीन जनामा एक जना सिपाही र दुई जना हवल्दार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालय भित्र काम गर्ने प्रहरी प्रमुख सहित ५५ जना रहेकोमा प्रबन्ध शाखाँमा खटिएका सुरक्षाकमीमा सङक्रमण भेटिएको हो । चार जनामा ज्वरो अएपछि स्वाब लिएको बताउदै प्रहरी नायब उपरिक्षक राजेन्द्र प्रसाद अधिकारीले सङक्रमित अवस्था अहिले भने सामान्य रहेको बताउनुभयो ।
प्रहरी कार्यालय भित्र रहेका सबैको स्वाब लिएर नेगेटिभ नभएसम्म प्रहरी कार्यालयको काम काज ्नयाँ शाखाँ बनाएर गरिने अधिकारीले बताउनुभयो । प्रहरीको भित्रि शाखाँमा काम गर्ने सुरक्षाकर्मीमा कसरी सङक्रमण फैलियो अचम्म लागेको प्रहरी प्रमुख एसपी बिमलराज कडेले बताउनुभयो ।
मंगलबारै पहिलो पटक यहाँको फेदिखोलामा तीन जनामा कोरोना सङक्रमण भेटिएको थियो । तीन जना सङक्रमित थपिएसगै यहाँ कोरोनाबाट २०४ जना सङक्रमण फैलिएको छ भने १८३ जना निको भएर घर फर्केका छन् । कोरोना भाइरसका कारण दुई जनाको निधन भएको छ ।








प्रतिक्रिया राख्नुहोस्