तपाईँ सुन्दै हुनुहुन्छः

स्वर्ण पदक विजेता खेलाडीलाई काँग्रेसले सम्मान गर्ने

नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का स्वर्ण पदक विजेता खेलाडीलाई नेपाली काँग्रेसले नगदसहित सम्मान गर्ने भएको छ ।

काँग्रेसको केन्द्रिय खेलकुद विभागको बैठकले सागका स्वर्ण विजेता खेलाडीलाई नगदसहित सम्मान गर्ने निर्णय गरेको हो ।

विभागका संयोजक मोहनबहादुर बस्नेतका अनुसार एकल विधामा एक स्वर्ण जित्नेले १० हजार, दुई स्वर्ण जित्नेले १५ हजार, तीन स्वर्ण जित्नेले २० हजार र चार स्वर्ण जित्नेले २५ हजार रुपैयाँ दिने निर्णय गरेको छ ।

सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९६ कास्य पदक गरी २ सय ७ पदक जितेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button