तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोसंगै सडक भाँसिएपछि डुम्रे बेशिसहर सडकखण्ड अवरुद्ध

तनहुँ । अविरल वर्षा संगै देशभर बाढी पहिरो गईरहेको छ । विभिन्न सडक र राजमार्गहरु समेत अवरुद्ध बनेका छन । पहिरो संगै सडक भाँसिएपछि तनहुँ र लम्जुङ्गको सडक सम्पर्क टुटेको छ ।

विभिन्न स्थानमा गएको पहिरो र सडक भाँसिदा डुम्रे–बेशिसहर सडकखण्ड अवरुद्ध बनेको छ । तनहुँको भानु–९ स्थित रानिपानीमा सडक भाँसिदा उक्त सडकखण्ड अवरुद्ध बनेको इलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेले जनाएको छ ।

लमजुङको सदरमुकाम बेसिशहर सँगको यातायातको एक मात्र माध्यम डुम्रे(बेशिसहर सडकखण्ड सोमबारदेखि नै अवरुद्ध रहेको छ । भानु नगरपालिकाको भन्सारदेखि लमजुङको सीमानासम्म ठाउँ ठाउँमा पहिरो खसेको भानु ९ का वडाध्यक्ष निलमसंजिवा श्रेष्ठले जानकारी दिनुभयो ।

बाइसजागार बजार अगाडी रानीपानीमा करिब १२ मिटर जति कालोपत्रे (पक्की सडक)मुनिको जमिन नै खसेका कारण सडक अवरुद्ध भएको वडाअध्यक्ष श्रेष्ठले बताउनुभयो ।

उक्त सडकखण्डको भान्सार स्थित रमाईलो डाडा, तुततुरे लागायतका स्थानमा पहिरो गएको वडाअधय्क्ष श्रेष्ठ बताउनुभयो । उहाँले भन्नुभयो ’अहिले एउटा जेसिबीले तुरतुरेमा पहिरो हटाइरहेको छ ।’

जिल्लाका विभिन्न स्थानमा गएको पहिरोले सडक अवरुद्ध रहेको र हटाउने काम भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button