तपाईँ सुन्दै हुनुहुन्छः

लगातारको वर्षाले अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी सुचारु

पाल्पा । लगातारको वर्षाले अबरुद्ध सिद्धार्थ राजमार्ग मंगलबार दिउसो ४ः३० बजेबाट सुचारु भएको छ ।

सिद्धार्थ राजमार्गको सिद्धबाबा, हेडबक्स, नागमन्दिर, पैठेडाँडा, दोभान, झुम्सा, चर्चरे, कालीमाटी, गौडेपुललगायत दर्जनौं स्थानको पहिरो हटाए पछि सडक एकतर्फी सञ्चालनमा आएको पाल्पाका प्रहरी नायब उपरीक्षक मदन गिरीले जानकारी दिनुभयो । तानसेन तम्घास सडक पनी सञ्चालनमा आएको छ ।

जिल्लाका विभिन्न ठाउँमा गएको पहिरोका कारण सिद्धार्थ राजमार्गसहित अन्य सडकमार्गहरुमा यातायात ठप्प भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button