बर्षाका कारण बाराको जनजीवन प्रभावित
बारा । हिजो देखि परेको अबिरल बर्षाका कारण बाराको जनजीवन प्रभाबित भएको छ । बाराका बिभिन्न स्थानीय तहहरुमा नदी र खोलाको पानी बस्ती र खेतमा प्रबेश गर्दा बाराबासी मर्कामा परेका छन् ।
जिल्लाको देवताल गाउँपालिकाको वडा नं. ६ र पचरौता नगरपालिकाको वडा नं. ५ को गाउँबस्ती र खेतमा खोलाको पानी प्रबेश गरेको छ । शसस्त्र प्रहरी कार्यालय बाराबाट खटिएको शसस्त्र प्रहरीको टोलीले स्थानीहरुको उद्धार र पानीबाट हुनसक्ने थप क्षती नियन्त्रण गरेको शसस्त्र प्रहरी उपरिक्षक दिग बिजय सुबेदीले जानकारी दिनुभयो ।
लगातारको पानीले बाराको निजगढ नगरपालिका, जीतपुरसिमरा उपमहानगरपालिका, कलैया उपमहानगरपालिका, प्रसौनी गाउँपालिका, कोल्हबी नगरपालिका लगायतका स्थानीय तहहरु प्रभाबित भएका छन् ।

बाढीबाट बच्नका लागि नेपाल प्रहरी र शसस्त्र प्रहरी २४ सैँ घण्टा बारामा तैनाथ राखिएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले जानकारी दिनुभयो । अहिलेसम्म बारामा बाढीका कारण त्यस्तो ठुलो धनजनको घटना नघटेको बताउँनुभयो । बारामा बर्षा भएको र थप बर्षा हुने भएकाले लालबकैया र अन्य साना नदीको छेउछाउँमा नजान र सतर्कर्ता अपनाउन जिल्ला प्रशासन कार्यालय बाराले अनुरोध गरेको छ ।










प्रतिक्रिया राख्नुहोस्