तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोमा पुरिएर मृत्य भएका मृतक परिवारलाई सरकारको राहत

स्याङ्जा । पहिरोमा पुरिएर मृत्यु भएका परिवारले राहत रकम प्राप्त गरेका छन । गल्याङ नगरपालिका र कालीगण्डकी गाउँपालिकामा पहिरोमा पुरिएर मृत्यु भएका परिवारलाई मंगलबार सरकारले आर्थिक सहयोग गरेको हो ।

प्राकृतिक विपदमा परेर निधन भएका परिवारलाई गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमानले गल्याङ र कालीगण्डकीमा पुगेर राहत रकम प्रदान गर्नुभएको हो । मन्त्री चुमानले केन्द्रीय सरकारको १ लाख र प्रदेश सरकारको ५० हजार गरी कालिगण्डकी ४ खहरेमा पहिरोबाट मृत्यु भएका प्रति परिवारलाई एक लाख ५० हजारका दरले छ लाख प्रदान गर्नु भएको हो ।

यस्तै असार १३ मा पहिरोले पुरेर निधन भएका गल्याङ २ का एक परिवारलाई ५० हजार प्रदान गर्नु भएको हो । गल्याङको पहिरो पीडित परिवारलाई केन्द्रबाट पाउने एक लाख असार १९ गते नै प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीले प्रदान गर्नु भएको थियो ।

राहत रकम लिएर कालीगण्डकी पुग्नुभएका मन्त्री चुमानले त्यहाँको पहिरोको समेत अबलोकन गर्नुभएको थियो । राहत हस्तान्तरणका अवसरमा मन्त्री चुमानले मृतकप्रति श्रद्धान्जली व्यक्त गर्दै परिवाजनप्रति समवेदान व्यक्त गर्नुभयो । प्राकृतिक विपदबाट प्रभावितहरुको व्यवस्थापन सरकराले गर्ने भन्दै मन्त्री चुमानले स्थानिय सरकारलाई पिडीत परिवालाई सहयोग गर्न निर्देशन समेत दिनुभएको छ ।

अविरल वर्षाका कारण देशैभरी मानविय तथा भौतिक क्षति भएकाले विपदमा सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो । कोरोनासंग जुधिरहेका नेपालीहरुको लागी अर्को प्राकृतिक विपदले ठुलो क्षति पु¥याएको भन्दै यसको सामना गर्न सरकार उचित योजनाका साथ रहनुपर्नेे बताउनुभयो ।

गत असार ३० गते कालिगण्डकी ४ खहरेमा निधन भएका तीन तथा बेपत्ता एक गरी चार जनाको परिवार र गल्याङ नगरपालिका ९ असार १३ गते निधन भएका एक जनाको परिवार गरी ५ घरपरिवारलाई राहत प्रदान गरिएको छ ।

कालीगण्डकीको पहिरोमा बिर्घा गाबिस पुर्व अध्यक्ष इमान सिहँ राना, जीमान सिहँ थापा, टिका बहादुर थापाको मृत्यु भएको थियो भने प्रेम चन्द्र पाण्डे बेपत्ता रहनु भएको छ । पहिरोले पुरिएका तीन जनाको शब फेला परेपनि एक जना अझै बेपत्ता छन् । यता असार १३ गते गल्याङ ९ साङलियाका यमबहादुर बिक घर भत्किँदा उहाँको मृत्यु भएको थियो

प्रतिक्रिया राख्नुहोस्

Back to top button