तपाईँ सुन्दै हुनुहुन्छः

झापामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको आधा बजेट खर्च हुन सकेन

झापा । कृषिको आधुनिकीकरण र व्यवसायीकरणका लागि सरकारले आ.व. २०७६÷०७७ का लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत झापामा पठाएको आधाभन्दा बढी बजेट खर्च हुन सकेन ।

तीव्र गतिमा काम हुने समयमा विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण फैलिएपछि सरकारले गरेको लकडाउनका कारण योजनाहरु प्रभावित भएकोले बजेट खर्च हुन नसकेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई झापाले जनाएको हो ।

कार्यालयका अनुसार आर्थिक बर्ष २०७६/०७७ मा चार वटा जोनमा खर्च हुने गरी कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट सात करोड ७० लाख ७५ हजार रुपैयाँ बजेट आएको थियो । तर, कोभिड १९ र बन्दाबन्दीका कारण चार करोड ४३ लाख २६ हजार खर्च हुन नसकेको कार्यालय प्रमुख रविन्द्र सुवेदीले जानकारी दिनु भयो ।

कार्यालयले तीन करोड २७ लाख ४९ हजार मात्र खर्च गरेको छ । कतिपय रकम कृषि तथा पशुपन्छी विकास मन्त्रालयमै फिर्ता भएको सुवेदीले बताउनु भयो ।

झापामा ०७६/०७७ मा परियोजना इकाई अन्र्तगत धान सुपरजोन, मकै जोन, सुपारी जोन र रबर जोन गरी चार वटा कार्यक्रम सञ्चालनमा रहेका थिए । परियोजनाले जोनका कृषक, सहकारी र कृषि फर्महरुलाई कृषि उपकरण, सौर्य ऊर्जा लगायतमा ५० प्रतिशत अनुदान दिँदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button