तपाईँ सुन्दै हुनुहुन्छः

राहत र उद्धारमा जुट्ने प्रस्ताव पास गर्दै नेकपा बैठक १३ गते सम्म स्थगित

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आज बसेको स्थायी कमिटी बैठकले बाढी र पहिरोमा परेकाहरुको राहत र उद्धारमा जुट्न जनप्रतिनिधी,नेता कार्यकर्तालाई निर्देशन दिएको छ ।

Image may contain: one or more people, people sitting, table and indoor
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले बाढी पहिरोमा परेकाहरुको राहत र उद्धारमा जुट्ने प्रस्ताव पास गरेको र सरकारलाई पनि राहत र उद्धारमा कुनै कसर बाँकी नराख्न आग्रह गरेको बैठकपछि संचारकर्मीसंग कुरा गर्दै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी गराउनुभयो ।

Image may contain: 2 people, people sitting, table and indoor

बैठक यसैगरी कति लम्बिरहने हो भन्ने संचारकर्मीकको एक जिज्ञासामा प्रवक्ता श्रेष्ठले बर्षाका कारण बैठक एक हप्ताकालागि सारिएको भएपनि अब हुने छलफल र बैठकबाट पार्टीले निकास पाउने बताउनुभयो ।स्थायी समिती बैठक साउन १३ गते बस्ने पनि उहांले बताउनुभयो ।
स्थायी कमिटी बैठक अघि प्रधानमन्त्री के पी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको पनि प्रबक्ता श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button