तपाईँ सुन्दै हुनुहुन्छः

लोकतन्त्र र राष्ट्रियताका पक्षमा सबै दल एक जुट हुनुपर्छ : डा कोइराला

विराटनगर- नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले लोकतन्त्र र राष्ट्रियताका पक्षमा सबै दल एक जुट हुनुपर्ने बताउनुभएको छ । बिपी स्मृति दिवसका अवसरमा गुराँस पुस्तकालयले विराटनगरमा आज आयोजना गरेको वृक्षरोपण कार्यक्रममा उहाँले मुलुुकको राष्ट्रियता अहिले सङ्कटमा परेकाले राष्ट्रियता, लोकतन्त्र तथा राजनीतिक स्थायित्वका लागि बिपी कोइरालाको विचार आज पनि महत्वपूर्ण रहेको बताउनुभयो ।


नेता कोइरालाले दलका राजनीतिक आस्था र विचार फरकफरक भए पनि राष्ट्रियताका पक्षमा भने सबै दल एकजुट हुनुपर्नेमा जोड दिनुभयो । पुस्तकालयका अध्यक्ष दीपक चापागाईंले बिपी देखाएको बाटामा काँग्रेस अगाडि बढ्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button