तपाईँ सुन्दै हुनुहुन्छः

सप्तकोशी नदिमा पानीको बहाव उच्च

 

सप्तरी । सप्तरी र सुनसरीको सीमामा पर्ने सप्तकोशी नदीमा यस वर्षकै उच्च बहाव पुगेपछी खतराको संकेतको रुप मंगलवार कोशी ब्यारेजको पूर्वी किनारमा रातो बत्ती बालिनुका साथै रातो झण्डा गाडिएको छ ।

वर्षायाममा अघिल्लो वर्ष सप्तकोशी नदीमा सर्वाधिक ३ लाख १ हजार ४ सय ६० क्युसेक प्रति सेकेण्ड बहाव रेकर्ड भएको थियो । लगातार वर्षाका कारण नदीमा आउने बाढीको उतार चढावलाई प्रत्येक घण्टा रेकर्ड गर्दै आएको कोशी ब्यारेज कन्ट्रोल रुपले मंगलबार दिउँसो १२ः३० बजे यस वर्षकै सर्वाधिक पानीको बहाव ३ लाख ३४ हजार ९ सय ९० प्रति सेकेण्ड पुगेको जनाएको छ ।

पानीको वहाव खतराको नजिक पुगेपछी कोशी ब्यारेजका ५६ वटा ढोका मध्ये अहिले ४८ वटा ढोका खृुला राखिएको छ । सप्तरीका प्रहरी उपरिक्षक कृष्ण प्रसाईले सप्तकोशीमा पानीको मात्रा अध्याधिक भएपछी खतरा सम्बन्धि संकेत स्वरुप रातो बत्तीसँगै रातो झण्डा राखिने गरिएको बताउनुभयो ।

कोशी ब्यारेजमा पानीको वहाव १ लाख ५० हजार काट्ने वित्तिकै सर्वसाधारणलाई सचेत गर्नका निम्ति खतराको संकेत स्वरुप पश्चिम तर्फ रातो बत्ती बाल्ने गरिन्छ । २ लाख नाघे पछी पूर्व तर्फ अर्काे रातो बत्ती तथा ३ लाख काट्ना साथ मध्य भागमा पनि रातो बत्तीसँगै रातो झण्डा राखिने गरिएको उहाँको भनाई छ । कोशीको बहाव खतरा नजिक पुगे संगै आसपासका वासिन्दालाई सचेत तथा सुरक्षित स्थानमा ब्यवस्थापनको काम अघि बढाएको प्रहरी उपरिक्षक प्रसाईले जानकारी दिएका हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button