लकडाउन अवधिभर सिन्धुपाल्चोकमा ४४ जनाले गरे आत्महत्या
सिन्धुपाल्चोक – सिन्धुपाल्चोक जिल्ला लकडाउन अवधिभर ४४ जनाले आत्महत्या गरेका छन्। कोरोना नियन्त्रणमा सरकारल गरेको लकडाउनको कारणले आत्महत्या गर्नेको संख्या वृद्धि भएको छ ।
सामान्य अवस्थामा कम आत्माहत्याका घटना घटेको भए पनि लकडाउनको धेरै समस्या भएकाले आत्महत्या गर्नेको संख्या बढेको प्रहरी उपरिक्षक प्रज्वल महर्जनले बताउँनुहुन्छ । लकडाउन अवधिमा आत्माहत्या बढ्नुको पछाडी सामाजिक, परिवारिक, प्रेम, एक्लोपन र मानासिक कारणहरुका रहेको छ उहाँले भन्नुभयो ।
आर्थिक वर्ष २०७६ र ०७७ को सुरुवाती ११ महिनाको अवधिमा ६७ जनाले आत्माहत्या गरेको छन्। तर, लकडाउन अवधिभर ४४ जनाले आत्महत्या गरेका छन् उनले थपे, मानिसहरु धेरै आत्महत्याको बाटो रोज्नुको कारण आर्थिक समस्या नै हो।








प्रतिक्रिया राख्नुहोस्