तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँमा पक्की सडक भासिदा पृथ्वीराजमार्ग अवरुद्ध, मर्मत कार्य जारी

तनहुँ । गत आइतबारदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा पृथ्वीराजमार्ग अन्तर्गत तनहुँ खण्ड मंगलबार बिहानैदेखि अवरुद्ध भएको छ ।पृथ्वी राजमार्ग अन्तगर्त तनहुँको बन्दीपुर(१ नाहालामा पक्की सडक भत्किदा राजमार्ग अवरुद्ध भएको हो  । राजमार्गको १० मिटर सडक भासिएको बन्दिपुर(१ का वडाअध्यक्ष भानुभक्त पोख्रेलले जानकारी दिनुभयो ।

त्यस्तै तनहुँको बन्दीपुर(५ बिमलनगर, म्याग्दे गाउँपालिका–१ गुणादी र आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहरामा पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

जिल्लाका विभिन्न स्थानमा गएको पहिरोका कारण बिहानैदेखि पृथ्वी राजमार्ग अवरुद्ध रहेको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारीले जानकारी दिनुभयो । सडक भासिएको रैछ, मा पनि यहीं छु ।’ प्रजिअ अधिकारीले भन्नुभयो ’अस्थायी मर्मतको कार्य हुँदैछ । उहाँले भन्नुभयो नाहालाको यो समस्या १ घण्टा भित्र समाधान हुन्छ ।

अन्य स्थानको पनि पहिरो हटाएर राजमार्ग सञ्चालन गराउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले बताउनुभयो ।राजमार्ग अवरुद्ध हुँदा जिल्लाका विभिन्न ठाउँको पहिरोका कारण ठाउँ ठाउँमा सवारी साधन रोकिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button