तपाईँ सुन्दै हुनुहुन्छः

तमोर नदीले दुईवटा पुल बगायो

ताप्लेजुङ – केही दिन देखिको अविरल वर्षपछि आएको बाढिका कारण ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलामा तमोर नदीले दुईवटा पुल बगाएको छ ।

सोमबार दिउँसो देखि आएको बढिले हिमाली गाउँ ओलाङचुङगोला देखि दाङ्जेन गोलापरी जाने पक्की पुलका साथै गोलादेखि पापुङ जोड्ने काठेपुल बगाएको वडा नं ७ ओलाङगोलाका वडाध्यक्ष छेतेन वालुङले जानकारी दिनुभयो ।

उक्त पक्की पुल गत वर्ष मात्रै १२ लाख रुपैयाँमा र मिक्वाखोला–५ पापुङ जाने काठको पुल दुई वर्षअघि २ लाख रुपैयाँ खर्चेर निर्माण गरिएको थियो ।तामोरको सिरमा रहेको पोखरी फुटेर बाढी आएको अनुमान गरिएको वडाध्यक्ष शेर्पाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button