तपाईँ सुन्दै हुनुहुन्छः

लकडाउनको समयमा बिर्तामोडमा आत्महत्याको घटना बढ्यो

झापा । झापाको सबैभन्दा ठूलो व्यापारिक केन्द्र बिर्तामोडमा लकडाउनको समयमा आत्महत्याको घटनामा वृद्धि भएको छ । इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार लकडाउनको समयमा १७ जनाले आत्महत्या गरेका छन् ।

जसमा ९ पुरुष र ८ महिला रहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार वर्षभरमा सबैभन्दा धेरै लकडाउनको समयमा आत्महत्या भएको छ । आर्थिक वर्ष २०७६÷०७७ मा २७ जनाले आत्महत्या गरेका छन् । जसमध्ये १७ जनाले लकडाउनकै अवधिमा गरेका हुन् । यद्यपि अघिल्लो आर्थिक वर्ष २०७५÷०७६को तुलनामा गत आर्थिक वर्षमा आत्महत्या गर्नेको संख्यामा कमी आएको छ ।

अघिल्लो आर्थिक वर्षमा ८८ जनाले अत्महत्या गरेका थिए भने गत आर्थिक वर्षमा २७ जनाले मात्र आत्महत्या गरेको प्रहरीले जनाको छ । ‘मानसिक तथा आर्थिक समस्याका कारण आत्महत्या गर्नेको संख्या बढ्यो’, डीएसपी रिजालले भन्नुभयो, ‘यद्यपि हामीले जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिइरहेका छौँ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button