तपाईँ सुन्दै हुनुहुन्छः

विद्यालयमा चोरी

चितवन । रत्ननगर १५, नमुना टोल, माधपुरमा रहेको अधारभुत विद्यालयमा गएराती चोरी भएको छ ।

बिहान स्कुल खोल्ने बेलामा ९ बजे चोरी भएको थाहा पाई प्रहरीलाई खबर गरेको विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर नेपालले जानकारी दिनु भयो । विद्यालयको अफिस कोठा तथा कम्युटर कोठा फुटाई चोरी गरि लगेको उहाँले जानकारी दिनु भयो ।

विद्यालयको ३२ इन्चको २ थान रंगिन टिभी, कम्प्युटर सेट २ थान, प्रोजेक्टर १ थान, कम्प्युटर स्पिकर १ थान र हेन्ड माइक २ थान चोरी भएको अध्यक्ष नेपालले बताउनु भयो । साथै चोरले विद्यालयको सिसि क्यामेरामा समेत तोडफोड गरेको उहाँले जानकारी दिनु भयो । विद्यालयमा विभिन्न सामानहरु चोरी भएको र सो को बारेमा अनुसन्धान थालिएको ईलाका प्रहरी कार्यालय टाँडी प्रहरी नायव उपरीक्षक (डिएसपी) रबिन कार्कीले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button