किसानलाई कृषि उपकरण वितरण

विराटनगर । प्रधानमन्त्री आधुनिकीकरण कृषि परियोजना अन्तर्गत माछा तथा धान जोनमा आबद्ध मोरङका किसानलाई आज विभिन्न कृषि उपकरण वितरण गरिएको छ ।
माछा जोनमा आबद्ध १६ जना किसानलाई माछा पोखरीमा पानी पटाउन एक एक थान मटर, माछा तौल गर्न ४१ जना किसानलाई डिजिटल काँटा, ५९ जना किसानलाई पानी मापनका लागि पिएच मिटर तथा माछालाई अक्सिजन प्रदान गर्न ६ वटा एरियेटरलागायतका उपकरण प्रदान गरिएको छ ।
यसै गरी धान जोनसँग आबद्ध किसानलाई एउटा कम्वाइर्न हारवेस्टर तथा दुई वटा टयाक्टर प्रदान गरिएको परियोजना इकाई कार्यालयका प्रमुख विनोदकुमार मण्डलले बताउनुभयो । परियोजनाले ५० प्रतिशत अनुदानमा कृषकलाई उपकरण वितरण गरेको हो ।
परियोजनाले धान जोन कृषकलाई ७६ लाख मूल्य बराबरको हारवेस्टर र टेक्टर प्रदान गरेकोमा त्यसमध्ये ५० प्रतिशत परियोजनाले तथा ५० प्रतिशत किसानले व्यर्होनुपर्ने हुन्छ ।
यसै गरी माछा जोनसँग आबद्ध किसानलाई पनि ५० प्रतिशत अनुदानमा उपकरण वितरण गरिएको हो । प्रदेश न १ कृषि राज्यमन्त्री रामबहादुर मगरले कृषकलाई उपकरण प्रदान गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै आफूले पाएको उपकरणलाई सही रूपमा प्रयोग गरी उत्पादन बढाउन उहाँले आग्रह गर्नुभयो । मन्त्री मगरले हारवेस्टरको चाबी रतुवामाई नगरपालिकास्थित रूपान्तर कृषि सहकारी संस्थाका अध्यक्ष गणेश उप्रेतीलाई हस्तान्तरण गर्नु भएको थियो ।
सो नगरपालिकाको विभिन्न वर्डामा एक हजार हेक्टरमा धान जोन कार्यक्रम सञ्चालन हुँदै आएको छ ।








प्रतिक्रिया राख्नुहोस्