रुकुम पश्चिमका १३ जना कोरोना सङ्क्रमित निको भएर घर फिर्ता
रुकुम । विश्वमा महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसबाट सङ्क्रमित भएका रुकुम पश्चिमका १३ जना निको भएर घर फर्केका छन् ।
जिल्लामा हालसम्म सङ्क्रमित भएका २७ जना मध्ये १३ जना निको भएर घर फर्के पनि १४ जना अझै अस्पतालको आइसलेसनमा राखिएको छ ।
जसमध्ये चौरजहारी अस्पताल आइसुलेशनमा आठ र जिल्ला अस्पताल आइसलेसनमा छ जना रहेको स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमका कोरोना फोकल पर्सन ईश्वर रावलले जानकारी दिनुभयो ।
उहाँका अनुसार जिल्लाभर हालसम्म तीन हजार छ सय ९१ वटा पिसिआर परीक्षण भएको छ भने एक हजार आठ सय तीन वटा आरडिटी परीक्षण भएका छन् ।
यस्तो छ स्थानीय तहका कोरोना सङ्क्रमितको अवस्था
रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा सक्रिय सङ्क्रमितको सङ्ख्या शून्य रहेको छ । यस नगरपालिकामा एक जना पुरुष सङ्क्रमित भए पनि उनी उपचारपछि निको भएर फर्किसकेका छन् ।
चौरजहारी नगरपालिकाका २० जना सङ्क्रमित मध्ये १२ जना उपचारपछि घर फर्के पनि आठ जना अझै अस्पतालमा छन् । आठबिसकोट नगरपालिकामा हालसम्म कुनै पनि सङ्क्रमित फेला परेका छैनन् । बाँफीकोट गाउँपालिकाका तीन जना सङ्क्रमित हालसम्म सबै अस्पतालमा छन् ।
सानी भेरी गाउँपालिका दुई र त्रिवेणी गाउँपालिकाका एक जना हाल अस्पतालमा रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्