तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेशमा थप १२ जनामा कोरोना सङ्क्रमण पुष्टि

पर्वत । गण्डकी प्रदेशमा आज थप १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

सङ्क्रमित हुनेमा कास्कीको पोखरा महानगरपालिकाका छ जना पुरुष र दुई जना महिला, तनहुँको शुक्लागण्डकी नगरपालिका र भानु नगरपालिकाका एक/एक जना पुरुष, स्याङ्जाको गल्याङ नगरपालिका र लमजुङको सुन्दर बजार नगरपालिकाका एक/एक जना पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार तीन सय १७ पुगेको छ । त्यसै गरी गण्डकीमा एक हजार चार जना भने डिस्चार्ज भएर घर फर्केका छन् ।

कोरोनाका कारण अहिलेसम्म चार जनाको मृत्यु भइसकेको छ । अहिले गण्डकी प्रदेशमा एक हजार आठ २४ जना क्वारेनटाइनमा छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button