तपाईँ सुन्दै हुनुहुन्छः

बाढीपहिरोले विद्युत अवरुद्ध, ७ सय घर अन्धकारमा

जाजरकोट – गत असार २५ गतेको बाढीपहिरोले जाजरकोटको बारेकोट गाउँपालिका १ रामीडाडामा रहेको १६ किलोवाट रामीडाडा लघु जलविद्युत आयोजना र ७ को सुवाकोटमा रहेको ५६ किलोवाट सिमतरा लघुजलविद्युत आयोजना अवरुद्ध भएको छ ।

बाढीपहिरोले दुवै आयोजनाको बाँध तथा नहरमा क्षेती गरेपछि विद्युत सेवा बन्द भएको ७ का वडा अध्यक्ष बसन्त शाहीले बताउनु भएको छ । बाँध तथा नहरमा राखिएका पाइप बगाए पछि विद्युत आपुर्ति अवरुद्ध भएपछि रामीडाडा, तलिआगर, माथिआगर, सिनाकोट, कोट्लीका दुई सय घर र सुवाकोटका ५ सय घरपरिवार विद्युत सेवाबाट बन्चीत भएका अध्यक्ष शाहीले भन्नु भयो ।

विद्युत अवरुद्ध भएका कारण विद्युतबाट संचालन हुने सम्पूर्ण सेवाहरु समेत अवरुद्ध हुन पुगेका छन् । भने स्थानीयले मोबाइल चार्ज गर्न, रेडियो सुन्न, टेलिभिजन हेर्नबाट बन्चित हुनु परेको मात्र छैन आयोजना सेवा क्षेत्रका सर्वसाधारणहरु तथा वस्तिहरु अन्धकारमय बनेका छन् । विद्युत बन्द हुदा वडा कार्यालय, विद्यालय, प्रहरी, स्वास्थ्य चौकी लगाएत कार्यालयहरुको कामकाज समेत प्रभावित भएको छ । अबरुद्ध विद्युत आयोजना सन्चालन गर्न नसकिने वडा अध्यक्ष शाहीको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button