तपाईँ सुन्दै हुनुहुन्छः

फेरि घट्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार?

काठमाडौं । आज सोमबार नेपाली बजारमा सुनको भाउ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।आइतबार प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार प्रतितोलामा २ सय रुपैयाँले घटेर ९२ हजार ३ सयमा कारोबार भैरहेको छ । यस्तै, तेजाबी सुन प्रतितोला ९१ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । सोमबार चाँदी प्रतितोलामा ५ रुपैयाँले घटेर १ हजार रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button