पशुपतिमा भक्तजनले बाहिरबाटै दर्शन गरे

काठमाडौँ। आज साउन महिनाको पहिलो सोमबार । हिन्दूहरुले आजको दिनलाई विशेष रुपमा लिने गर्छन् । साउन महिनाको प्रत्येक सोमबारको दिन हिन्दु महिलाहरुले भगवान शिवको व्रत बस्ने गर्छन् । प्रत्येक वर्ष साउन महिनाको पहिलो सोमबार पशुपति मन्दिर परिसरमा भक्तजनको घुइँचो लाग्ने गर्थ्यो तर यसपटक कोरोना महामारीका बीच मन्दिरमा त्यति भीडभाड देखिएन । आज विहानैदेखि महामारीकै बीच पनि भक्तजनहरू पशुपति मन्दिर परिसर पुगेका छन्। पशुपति मन्दिर भित्र दशर्नका लागि खुला नगरिए पनि भक्तजनले बाहिरबाटै दर्शन गरेका छन् ।
.jpg)








प्रतिक्रिया राख्नुहोस्