तपाईँ सुन्दै हुनुहुन्छः

सेयर बजारमा सकारात्मक सर्किट ब्रेक

भुवनप्रसाद आचार्य । आर्थिक वर्ष २०७७–७८ को मौद्रिक नीति सार्वजनिक भएपछिको पहिलो दिन आइतबारको कारोबारमा सेयर बजारमा सकारात्मक सर्किट ब्रेक लागेको छ ।

आइतबार ६ प्रतिशतले बढेर सर्किट ब्रेक लागेपछि दिनभरकै कारोबार रोकिएको छ । यस अवधिमा सेयर कारोबार मापक नेप्से परिसूचक ८४.२६ अंकले बढेको छ । सेयर बजारमा कारोबार हुने उपसमूहमध्ये म्युचल फण्डबाहेक सबै उपसमूहको परिसूचक बढेको छ ।

कारोबार खुलेको ६ मिनेटमा ४ प्रतिशतले बढेपछि २० मिनेटको लागि कारोबार रोकिएको थियो । २० मिनेटपछि खुलेको बजारमा केहिबेरमै ५ प्रतिशतले वृद्धि भयो । त्यसपछि ४० मिनेट बन्द गरियो । दोस्रो पटक सर्किट ब्रेकपछि खुलेको १ मिनेटमै ६ प्रतिशतले बढेपछि दिनभरका लागि बजार बन्द गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button