तपाईँ सुन्दै हुनुहुन्छः

तीन दिनदेखि अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालन

पाल्पा । तीन दिनदेखि अवरुद्ध सिद्धार्थ राजमार्ग आइतबार बेलुका ५ बजेबाट एकतर्फी सञ्चालनमा आएको छ ।

शुक्रबार रातिदेखि अवरुद्ध सिद्धार्थ राजमार्गको तिनाउँ गाउँपालिका–३, पैठेडाँडा र तानसेन ८ गौडेपुल नजिकैको पहिरो हटाइएपछि सडक एकतर्फी सञ्चालनमा आएको हो ।

पहिरो खसेको स्थानमा जोखिम कायम रहेको भन्दै पहिरो जुनसुकै बेला खस्न सक्ने भएकाले सर्तक भई यात्रा गर्न जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक मदन गिरीले आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button