तपाईँ सुन्दै हुनुहुन्छः

कोशीको कटानबाट बचाउन अस्थायी तटबन्ध निर्माण

राजविराज । कोशी नदीमा पानीको वहाव बढेसँगै यसले आसपासका स्थानमा कटान शुरु गरेको छ । कटानबाट बच्न स्थानियहरुले प्रयास गरेपनि नियन्त्रन हुन सकेको छैन ।

वाढीले सप्तरी र उदयपुरका विभिन्न स्थानमा कटान गरेको र गर्ने सम्भावना रहेपछि बस्ती र बस्तीमा रहेका अन्य सार्वजनिक सम्पती बचाउन प्रयासहरु भइरहेका छन ।

कोशी प्रोजेक्टको कुनौली डिभिजन अन्तर्गतको २ नम्वर सब डिभिजनमा पर्ने बेल्का क्षेत्रमा कटानबाट बचाउने प्रयास भइरहेको छ ।

विहारमा रहेको कोशी प्रोजेक्टको सहयोगमा उदयपुरको बेल्का नगरपालिका वडा नम्बर १०मा कटानबाट बचाउन सयौं बोरा बालुवा राखि अस्थायी तटबन्ध बनाएको छ ।

सो क्षेत्रमा रहेको वालसेवा आधारभूत विद्यालय सिसौली उदयपुर सहितको बस्तीलाई कटानबाट बचाउने काम भएको स्थानिय समाजसेबी सत्यजित कुमार झाले बताउनु भयो ।

सो क्षेत्रका रहेका सातवटा बस्तीमा रहेका करिब साँढे दुई हजार व्यक्तिहरु अझै पनि खतरामा रहेको उल्लेख गर्दै झाले आफूहरुले उनीहरु सबैलाई सुरक्षित राख्न कोशी परियोजनासँग कुरा गरेर अस्थायी तटबन्ध गराउने पहल भइरहेको बताउनु भयो ।

सो क्षेत्रको अझै केहि क्षेत्रमा अस्थायी तटवन्ध बनाउनु पर्ने आवश्यकता रहेको छ । खतरामा रहेको बस्तीलाई बचाउन सहयोग गरेकोमा बेल्का नगरपालिका वडा नम्बर १० का वडा सदस्य श्याम लिम्बुले कोशी योजनालाई धन्यवाद समेत दिएका छन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button