गौरीगञ्जको शसस्त्र प्रहरी पोष्टमा भारतीय समूहद्वारा आक्रमण
झापा । झापाको दक्षिणी भारतीय सिमावर्ती क्षेत्रस्थित गौरीगञ्ज गाउँपालिका–५ स्थित डाँगीटोलामा रहेको शसस्त्र प्रहरीको पोष्ट माथि भारतीय अज्ञात समूहले आक्रमण गर्दा दुई जना प्रहरी जवान घाईते भएका छन् ।
नेपाल– भारत सीमा क्षेत्रको शसस्त्र प्रहरी पोष्ट माथि गएराति ९ वजेर १५ मिनेट समयमा करिव ४० र ५० जनाको संख्यामा आएको घरेलु हतियारीहरुको एक समूहले आक्रमण गर्दा दुई जना प्रहरी जवान घाईते भएका हुन् । घाईते ती प्रहरी जवानको शरीरमा चोटपटक लागेको बताईएको छ ।
डाँगीटोलास्थित पिलर नं १५२ को करिब ३ सय मिटर पूर्वमा रहेको अस्थायी शसस्त्र प्रहरी पोष्टमाथि एक्कासी आक्रमण गर्न थालेपछि स्थितिलाई नियन्त्रण लिन प्रहरीले ४ राउण्ड हवाई समेत फायर गर्नु परेको सीमा सशस्त्र प्रहरी बल गौरीगंजका प्रहरी निरीक्षक साईमण श्रेष्ठले बताउनुभयो ।
झडपमा आक्रमणकारीहरुले भाला, खुकुरी, रड, दाउलगायतको घरेलु हातहतियार प्रयोग गरेका थिए । हवाइ फायर पछि आक्रमणकारीहरु तितरबितर भएका भारततर्फ नै भागेको प्रहरीले जनाएको छ ।
भारतीय तस्करहरूले नेपालतर्फ मालसमान लान नपाएको झोकमा प्रहरीमाथि आक्रमण गरेको हुन सक्ने प्रहरीको अनुमान छ । लामोसमयसम्म लकडाउनका कारण सिमाक्षेत्रमा शस्त्र प्रहरीले कडा रूपमा गस्ती तीव्र वनाउदै आएपछि तस्करीहरुले नेपालतर्फ समान ढुवानी गर्न पाएका छैनन् ।
सशस्त्र प्रहरी उपरीक्षक रेशमकुमार थक्सुका अनुसार घटनापछि भारतीय पक्षसँग छलफलको तयारी भइरहेको छ ।
शुक्रबार र बिहीबार राति पनि सुनसरीको सीमावर्ती क्षेत्रमा फायर भएको थियो । यस्तै, यसअघि समेत जिल्लाको झापा गाँउपालिकास्थित सीमा क्षेत्रमा भारतीय समूहले त्यसरी नै आक्रमण गरेका थिए ।








प्रतिक्रिया राख्नुहोस्