मास्क नलगाउने एक हजारभन्दा बढी कारबाहीमा
बुटवल, रुपन्देही । कोरोना संक्रमणबाट जोगाउनका लागि सरकारले घर बाहिर निस्कँदा मास्क तथा भौतिक दुरीलाई अनिवार्य गर्न आग्रह गरेको छ । सरकारको यो आग्रहलाई अटेर गर्ने एक हजारभन्दा बढी प्रदेश ५ मा कारबाहीमा परेका छन् ।
प्रदेश ५ प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजकुमार बैदवारका अनुसार मास्क नलगाउँदा १ हजार १९ जना प्रहरीको कारबाहीमा परेका छन् । गृहमन्त्रालयले जारी गरेको निर्देशनअनुसार सार्वजनिक ठाउँमा मास्क नलगाउने ६ सय २१ जना पुरुष तथा ३९८ जना महिला कारबाहीमा परेका हुन् ।
कारबाहीमा पर्नेहरुमा सबैभन्दा बढी बर्दियाका ६२५ जना रहेका छन् । यसैगरी प्युठानमा ३२१, रुपन्देहीमा ६०, अर्घाखाँचीमा १३ जना प्रहरी कारबाहीमा परेका हुन् ।
कोरोना महामारीबाट बच्न घर बाहिर निस्किँदा अनिवार्य मास्क लगाउन आग्रह गर्दै प्रहरीले प्रक्राउ गरिएकाहरुलाई सम्झाइबुझाई गरी छाडेको प्रहरी प्रवक्ता राजकुमार बैदवारले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्