तपाईँ सुन्दै हुनुहुन्छः

भाञ्जाको हत्या गर्ने १३ वर्षपछि पक्राउ

काठमाडौं । १३ वर्ष अघि आफ्नै भान्जालाई अपहरण गरी हत्यामा संलग्न व्यक्तिलाई नेपाल प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

महानगरिय अपराध अनुसन्धान महाशाखाले आज पत्रकार सम्मेलन गरी उक्त हत्यामा संलग्न राजेश कुमार गुप्तालाई सार्वजनिक गरेको हो ।

२०६४ सालमा गुप्ताले आफ्नै ११ वर्षिय भान्जालाई अपहरण गरी फिरौति रकम नदिएकोले हत्या गरेको प्रहरीले जनाएको छ ।

निज गुप्तालाई सर्लाहीको महलंगवाबाट पक्राउ गरी काठमाडौ ल्याईएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button