सलह किरा ल्याउने बालबालिकालाई १२० रुपैँया

स्याङ्जा । सलह किराको नियन्त्रणका लागी स्याङ्जाका केहि पालिकाहरुले पुरस्कारको व्यवस्था गरेका थिए । जिल्लामा सलहको झुण्ड नदेखिएपनि थोरै थोरै संख्यामा सहल रहेको देखिएको छ ।
जिल्लामा सलहले खाद्य बालिमा भने कुनै असर गरेको देखिएन् । ठुलो जंगलमा रहेका रुखहरुको पात सलहले खाएपनि खाद्य बालीमै भने त्यती ठुलो असर नपारेको कृषि ज्ञान केन्द्रका प्रमुख शालिकराम अधिकारीले बताउनुभयो ।
आँधीखोला गाउँपालिकामा भने आईतबार सलह छोप्ने बालकालिका पुरस्कृत भएका छन् । सलह नियन्त्रणका लागी गाउँपालिकाले छोप्नेलाइ प्रति केजी ३०० दिने निर्याय गरेको थियो । सोही निर्णय अनुसार आँधखीखेला गाँउपालिकाका ३ जना बाललिकाले ४०० ग्राम सलह छोपेर आँधीखोेला गाँउपालिकालइ बुझाएका छन् ।
आईतबार दिउसो आँधीखोला गाँउपालिको बडा नं ५ बस्ने प्रज्वल केसी, एन्जोन केसी र विधान केसीले ४०० ग्राम किरा छोपेर कृषि शाखामा बझाएपछि गाँउपालिकाले उनिहरुलाइ १२० रुपया प्रदान गरेको गाँउपालिका अध्यक्ष सुधिर कुमार पौड्यलले बताउनुभयो ।
स्याङजाका विभिन्न पालिकाले सलह नियन्त्रण गर्न सलह छोपेर ल्याउनेलाइ पुरस्कार स्वरुप नगद दिने भनेता पनि अहिले सम्म सलह किरा छोपेर पालिकामा बुझाएको पाईएको थिएन् । थोरै परिणाममा भएता पनि सलह छोपेर ल्याइ नगद बुझने आँधीखोला गाँउपालिकाका बालबालिका रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्