तपाईँ सुन्दै हुनुहुन्छः

विहान देखि जनकपुरधाम सहितको आसपासको क्षेत्रमा हल्का वर्षा

जनकपुरधाम । जल तथा मौसम विज्ञान विभागले अनुमान गरे अनुसार आज विहान प्रदेश नंं २ को अस्थायी राजधानी जनकपुरधाम सहितका प्रदेशका अधिकांश जिल्लाहरुमा हल्का वर्षा शुरु भएको छ ।

राति देखि नै हल्का वर्षा भएपनि विहान सवा ६ बजे देखि अली बढी वर्षा भएको थियो । आकाशमा वादल लागेकाले वर्षाको सम्भावना यथावत रहेको छ । खास गरेर विहान देखि वर्षा शुरु भएपछि यस अधि डुवानमा परेका नगरवासी सहित आम जनता मारमा परेका छन् ।

जनकपुरधामको वडा नंं ४, ७, ८, ९, १२ तथा १३ का वडाहरु वर्षाको पानी निकास नपाएर बढी मात्रामा प्रभावित हुने गरेको छ । यी वडाहरुमा ढलको व्यवस्था नभएको र उत्तर तर्फको वर्षाका पानीहरु पसेर जलमग्न हुने गरेका कारणले कतिपयको घर आङ्गन तथा कार्यालयहरु डुवानमा पर्ने गरेका छन् ।

वाटोहरु राम्रो अवस्थामा नहुने गरेका कारणले वाटोमा हिड्ने अवस्था पनि नहुने गरेको बताउदै स्थानीयबाँसीले पटक पटक नगरप्रमुख लालकिशोर साहको ध्यानाकर्षण गर्दा पनि कुनै सुनुवाई भएको छैन ।

वर्षाका कारणले ग्रामिण क्षेत्रको जनजीवन कष्टकर बन्ने गरेको छ । बढी वर्षा भएको खण्डमा धानको वेर्ना पनि गल्ने अवस्था रहेको छ । हल्का वर्षा भएको खण्डमा धानको लागि लाभदायक नै हुने बरिष्ठ कृषि विकास अधिकृत सुकेश्वर झाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button