तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना सङ्क्रमण पुष्टि, सङ्क्रमितको सङ्ख्या १३०२ पुग्यो

तनहुँ । गण्डकी प्रदेशका थप २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार २४ जना थपिएसँगै प्रदेशमा कुल सङ्क्रमितको सङ्ख्या एक हजार तीन सय दुई जना पुगेको छ ।

क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा पर्वतका दुई जना, बागलुङका दुई जना, स्याङ्जाका दुई जना र म्याग्दीका छ जना, कास्कीका छ जना र लमजुङका छ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

पर्वतको जलजला र महाशिलाका एक र एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । त्यस्तै बागलुङको बडिगार्ड र काठेखोलाका एक र एक जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

स्याङ्जाको पुतली बजार र काली गण्डकीका एक र एक जना कोरोना सङ्क्रमित थपिएका हुन ।

यस्तै म्याग्दीको बेनी र अन्नपूर्णका एक / एक जना हुन भने मालिका र मङ्गलाका दुई / दुई जना पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

त्यस्तै लम्जुङ्गको बेशीसहरका एक जना, राईनाशका एक जना, मध्य विन्दुका दुई जना, दुधपोखरी र सुन्दर बजारका एक / एक जनामा कोरोना पुष्टि हो ।

यसै गरी कास्कीको पोखरा महानगरपालिकाका छ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

पर्वत, बागलुङ र स्याङ्जा, म्याग्दीका सङ्क्रमितहरूलाई आइसोलेसनमा राखिसकिएको र कास्की र लमजुङ जिल्लाका सङ्क्रमितलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

गण्डकीका कुल सङ्क्रमित मध्ये नौ सय ३८ जना निको भएर घर फर्किएका छन् भने चार जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button