तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा स्थायी कमिटी बैठक साउन ६ गतेसम्मका लागि स्थगित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको आज आइतबार दिउँसो ३ बजे बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ । बैठक साउन ६ गते विहान ११ बजे बस्ने गरी स्थगित भएको हो ।

नेकपा पार्टी कार्यालयका सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले जारी गर्नुभएको विज्ञप्तीमा  बैठक साउन ६ गते ११ बजे बस्नेगरी स्थगित भएको हो ।

१० असारबाट सुरु भएको नेकपा स्थायी कमिटी बैठक यस अघि ६ पटकसम्म  स्थगित भइसकेको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button