चौरीँदेउराली मदिरा निषेधित पालिका
रासस । काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिकालाई मदिरा निषेधित घोषणा गरिएको छ ।
गाउँपालिकाको आर्थिक वर्ष २०७७–७८ को नीति तथा कार्यक्रम र छैटौँ गाउँसभाले घरेलु उत्पादित मदिरा तथा आयातीत सबैखाले मादक पदार्थ ओसारपसार एवं खरिद–बिक्रीमा पूर्ण रुपले प्रतिबन्ध लगाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महानदास लामाले बताउनुभयो ।
गाउँ सभाले गाउँपालिकाभित्र यही साउन १ गतेदेखि लागू हुने गरी घरेलु उत्पादित रक्सी तथा आयातित सबै खाले मादक पदार्थको व्यावसायिक उत्पादन, ओसारपसार तथा खरिद–बिक्रीमा पूर्ण रुपले प्रतिबन्ध एवं निषेध गरिएको उहाँले बताउनुभयो ।
पसल व्यवसायीहरुले विक्री–वितरणका लागि राखिएको मादक पदार्थ बाँकी भएमा यही साउन १५ गतेभित्र नष्ट वा फिर्ता गर्नसमेत आग्रह गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्