तपाईँ सुन्दै हुनुहुन्छः

स्याङ्जामा ड्रममा डुबेर एक बद्धको मृत्यु

स्याङ्जा । स्याङ्जामा ड्रममा डुबेर एक वृद्धको मृत्यु भएको छ । फेदिखोला गाउँपालिका–१ कटुन्जेस्वाँरा एक वृद्धको प्लास्टिकको ड्रममा डुबेर मृत्यु भएको हो ।

स्थानीय ६९ वर्षीय गोविन्द प्रसाद पराजुलीको आफ्नै घर र गोठको बिचमा रहेको भैसिलाई खुवाउन पानी राख्ने दुई सय लिटरको प्लास्टिकको ड्रममा डुबेर मृत्यु भएको हो ।

भैँसी गोठमा कुँडो खुवाउन गएका पराजुलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

सामान्य ड्रममा डुबेर पराजुलीको मृत्यु भएकाले कसरी घटना घट्यो थप अनुसन्धान अगाडी बढाइएको अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button