तपाईँ सुन्दै हुनुहुन्छः

रिडि खोलाले बगाउदा एकजना बेपत्ता

पाल्पा- पाल्पामा एक जनालाई खोलाले बगाएको छ । शुक्रबार बेलुकी रैनादेवी छहरा गाउँपालिका वडा नं. ३, पुट्टाचउरस्थित रिडीखोला तर्ने क्रममा सन्धिखर्क नगरपालिका वडा नं. ८ किमडाँडा अर्घाखाँचीका ४० वर्षिय देबबहादुर मुखियालाई खोलाले बगाएको हो ।

उनि अहिलेसम्म बेपत्ता रहेको र खोजी कार्य भईरहेको पाल्पा प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मुझुङ्कको टोलीले बेपत्ता मुखियाको खोजी कार्य गरिरहेको पाल्पाका प्रहरी नायव उपरीक्षक मदन गिरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button