तपाईँ सुन्दै हुनुहुन्छः

फुल्पिङकट्टी पहिरोः १ को शव फेला, २ अझै बेपत्ता

सिन्धुपाल्चोक । बिहिबार बिहानीपखको पहिरोमा परी भोटेकोसी गाउँपालिका–४ फुल्पिङकट्टीमा तिर्न जनाको मृत्यु भएको छ । एकै परिवारका अन्य २ जना पहिरोमा पुरीएर बेपत्ता भएका छन् ।

भोटेकोसी गाउँपालिका ४ फुल्पिङकट्टीमा गएको पहिरोमा बेपत्तामध्ये १ जनाको शव शुक्रबार फेला परेको छ । अविरल वर्षापछि खकुण्डोलमाथिबाट आएको पहिरोमा परी एकै परिवारका ५ जना बेपत्ता भएका थिए ।

शुक्रबार दिउँसो १४ वर्षीया छिरिङवाङ्गु शेर्पा शव फेला परेको जिल्ला प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । पहिरोले फुल्पिङकट्टीकै दुई घर बगाउँदा बेपत्ता ३५ वर्षीया साङ्मु शेर्पा र १६ वर्षीयाकी याङ्जी शेर्पाको शव बिहीबार भेटिएको थियो ।

ै ७५ वर्षीया सुमबुट्टी शेर्पा र ४० वर्षीया सेमसङ्ग शेर्पा भने अझै बेपत्ता छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button