रोकिएन फुल्पिङकट्टी पहिरो : स्थानीयमा त्रास

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको फुल्पिङकट्टीको पहिरो अझै रोकिएको छैन ।
बिहिबार बिहानीपखको पहिरोमा परि भोटेकोसी गाउँपालिका ४ फुल्पिङकट्टीमा दुई जनाको मृत्यु भएको थियो । एकै परिवारका अन्य ३ जना पहिरोमा पुरीएर बेपत्ता छन् ।
पहिरोले घर पुरिँदा घरभित्र सुतिरहेका ५ जना बेपत्ता भएका थिए । बिहिबार अवेरसम्म उनीहरुमध्ये २ जनाको शव फेला परेको छ । १६ बर्षिया याङ्जी शेर्पा र ३५ बर्षिया निमासाङबु शेर्पाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो ।
हिजोको ठाउँमा गएराती २ पटक पहिरो थपिएको स्थानिय बुद्धि गुरुङले जानकारी दिनुभयो । राती फेरि पहिरो थपिएपछि स्थानिय त्रासमा रहेको उहाँले जानकारी दिनुभयो । हिजो खोतलेको स्थान पुरै लेदोले पुरिएको र खोजिमा संलग्न सेना, प्रहरी, सशस्त्र साँझ फर्केकाले खोजिकार्य सुरु गर्न गाह्रो भएको उहाँको भनाइ छ ।








प्रतिक्रिया राख्नुहोस्