गण्डकी प्रदेशको ६३.७१ प्रतिशत बजेट खर्च

पोखरा । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७६/२०७७मा कुल बजेटको ६३.७१ प्रतिशत बजेट खर्च गरेको छ । चालु तर्फको कुल बजेट १२ अर्ब २८ करोड ५७ लाख ७२ हजार मध्ये ६ अर्ब ४८ करोड ६३ लाख ५० हजार ५ सय १२ रुपैँयाखर्च भएको छ, भने पुँजीगततर्फ १९ अर्ब ८४ करोड ९० लाख २० हजारबजेट मध्ये १३ अर्ब ९८ करोड ६४ लाख ३१ हजार९ सय ५६ रुपैयाँ खर्च भएको देखिन्छ । कुल बजेटको पुजीँगततर्फ ७०.४६ र चालु तर्फ ५२.८० प्रतिशतबजेट खर्च भएको प्रदेश लेखानियन्त्रकको कार्यालयले जनाएको छ ।
प्रदेशसरकारले ल्याएको कुलबजेट ३२ अर्ब १३ करोड ४७ लाख ९२ हजार बजेटमध्ये ६३.७१ प्रतिशतखर्च भएकोहो । लकडाउन अर्थात बन्दाबन्दीका कारण कमखर्च हुने देखिएको प्रदेश सरकारको बजेट लकडाउन खुकुलो बन्दै गएपछि जेष्ठ र असार महिनामा धमाधम बजेट निकासा बढेपछि बजेट खर्च बढेको थियो ।
गण्डकी प्रदेशमा रहेका सातमन्त्रालयमध्ये मन्त्रालयगत रूपमा विनियोजन भएको पुँजीगत रकमखर्च बढी गर्नेमा उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालय रहेको छ । उक्तम न्त्रालयको चालु तर्फ १ अर्ब २९ करोड ९५ लाख ४८ हजार र पुँजीगततर्फ ७३ करोड १८ लाख ५९ हजार गरि २ अर्ब ३ करोड १४लाख७हजार बजेट विनियोजन भएकोमा पुँजीगततर्फ ५७ करोड ७२ लाख २४ हजार ५ सय ८७ अर्थात ७८.८७ प्रतिशत खर्च भएको छ । उक्तमन्त्रालयले चालु तर्फ ६३ करोड २० लाख७० हजार ५ सय ३ अर्थात ४८.६४ प्रतिशतमात्र बजेट खर्च गरेको छ ।
पूजीँगत बजेट सबै भन्दाकम खर्च गर्ने माआन्तरिक मामिला तथा कानुनमन्त्रालय रहेको छ जसले पुँजीगततर्फ विनियोजित २१ करोड ४७ लाख बजेट मध्ये १२ करोड १६ लाख७० हजार ६ सय ४३अर्थात ५६.६७ प्रतिशतपुँजीगत बजेट खर्च गरेको छ । यस मन्त्रालयको चालु तर्फ ३७ करोड ९२ लाख ३६ हजार रकममध्ये ७ करोड ९२ लाख ८ हजार ३८ रुपैँयाअर्थात २०.८९ प्रतिशत बजेट खर्च गरेको छ ।
त्यस्तै भौतिकपूर्वाधार मन्त्रालयको पुँजीगततर्फ ११ अर्ब ७२ करोड ४२लाख ८३ हजार ४ सय २ रुपैँया अर्थात ७७.५९ प्रतिशत बजेट खर्च गरेको छ । यस मन्त्रालयमा पूँजीगततर्फ १५ अर्ब ११ करोड ५१ लाख ५ हजार बजेट रहेको थियो । चालु तर्फ ८४ करोड ४९ हजार रकममध्ये ३२ करोड ७५ लाख ६० हजार ९ सय ६७ रुपैँयाअर्थात ३८.९९ प्रतिशत बजेट खर्च भएको देखिन्छ ।
सामाजिक विकास मन्त्रालयले पुँजीगततर्फ ६३ करोड ६९ लाख ५४ हजार १सय ४० अर्थात ७६.२३ प्रतिशत बजेटखर्च भएको छ । यस मन्त्रालयको पूँजीगत बजेट ८३ करोड ५६ लाख १७हजार रहेको थियो । यस मन्त्रालयले चालु तर्फ ७१.८८ प्रतिशत बजेट खर्च गरेको छ ।त्यस्तै मुख्यमन्त्रीतथामन्त्री परिषद्को कार्यालयले पूँजीगततर्फ ६४ करोड ५३ लाख ६९ हजार ४ सय ६१ अर्थात ७४.०७ प्रतिशत बजेट र चालु तर्फ २१ करोड १० लाख ८७हजार ३ सय २९ रुपैँयाअर्थात ४६.२४ प्रतिशत बजेट खर्च भएको छ ।
त्यस्तै आर्थीक मामिलातथा योजनामन्त्रालयको पूँजीगततर्फ ६३.८४ र चालुतर्फ ३०.९५ प्रतिशत बजेट खर्च भएको छ भने कृषि,भुमीव्यवस्थातथा सहकारी मन्त्रालयको पूँजीगततर्फ ५९.२५ र चालु तर्फ ६७.७७प्रतिशत बजेट खर्च भएको छ ।
यसै बिच गण्डकी प्रदेशसभाको पूँजीगत बजेट ९५.९२ प्रतिशतखर्च भएको छ । यसको पूँजीगततर्फ २ करोड ९० लाख ३५ हजार ३ सय ८२ रहेको थियो । चालु तर्फ ११ करोड २६ लाख २९ हजार रकममध्ये १० करोड ८४ लाख ८० हजार १ सय ५९ रुपैँयाअर्थात ९६.३२ प्रतिशत बजेट खर्च भएको छ । प्रदेश नीति तथा योजना आयोग पूँजीगततर्फ ८९.९८ प्रतिशत र चालु तर्फ ६३.५९ प्रतिशत बजेट खर्च भएको छ ।
माधव पराजुली
पोखरा । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७६/२०७७माकुल बजेटको ६३.७१ प्रतिशत बजेट खर्च गरेको छ । चालु तर्फको कुल बजेट १२ अर्ब २८ करोड ५७ लाख ७२ हजार मध्ये ६ अर्ब ४८ करोड ६३ लाख ५० हजार ५ सय १२ रुपैँयाखर्च भएको छ, भने पुँजीगततर्फ १९ अर्ब ८४ करोड ९० लाख २० हजारबजेट मध्ये १३ अर्ब ९८ करोड ६४ लाख ३१ हजार९ सय ५६ रुपैयाँ खर्च भएको देखिन्छ । कुल बजेटको पुजीँगततर्फ ७०.४६ र चालु तर्फ ५२.८० प्रतिशतबजेट खर्च भएको प्रदेश लेखानियन्त्रकको कार्यालयले जनाएको छ ।
प्रदेशसरकारले ल्याएको कुलबजेट ३२ अर्ब १३ करोड ४७ लाख ९२ हजार बजेटमध्ये ६३.७१ प्रतिशतखर्च भएकोहो । लकडाउन अर्थात बन्दाबन्दीका कारण कमखर्च हुने देखिएको प्रदेश सरकारको बजेट लकडाउन खुकुलो बन्दै गएपछि जेष्ठ र असार महिनामा धमाधम बजेट निकासा बढेपछि बजेट खर्च बढेको थियो ।
गण्डकी प्रदेशमा रहेका सातमन्त्रालयमध्ये मन्त्रालयगत रूपमा विनियोजन भएको पुँजीगत रकमखर्च बढी गर्नेमा उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालय रहेको छ । उक्तम न्त्रालयको चालु तर्फ १ अर्ब २९ करोड ९५ लाख ४८ हजार र पुँजीगततर्फ ७३ करोड १८ लाख ५९ हजार गरि २ अर्ब ३ करोड १४लाख७हजार बजेट विनियोजन भएकोमा पुँजीगततर्फ ५७ करोड ७२ लाख २४ हजार ५ सय ८७ अर्थात ७८.८७ प्रतिशत खर्च भएको छ । उक्तमन्त्रालयले चालु तर्फ ६३ करोड २० लाख७० हजार ५ सय ३ अर्थात ४८.६४ प्रतिशतमात्र बजेट खर्च गरेको छ ।
पूजीँगत बजेट सबै भन्दाकम खर्च गर्ने माआन्तरिक मामिला तथा कानुनमन्त्रालय रहेको छ जसले पुँजीगततर्फ विनियोजित २१ करोड ४७ लाख बजेट मध्ये १२ करोड १६ लाख७० हजार ६ सय ४३अर्थात ५६.६७ प्रतिशतपुँजीगत बजेट खर्च गरेको छ । यस मन्त्रालयको चालु तर्फ ३७ करोड ९२ लाख ३६ हजार रकममध्ये ७ करोड ९२ लाख ८ हजार ३८ रुपैँयाअर्थात २०.८९ प्रतिशत बजेट खर्च गरेको छ ।
त्यस्तै भौतिकपूर्वाधार मन्त्रालयको पुँजीगततर्फ ११ अर्ब ७२ करोड ४२लाख ८३ हजार ४ सय २ रुपैँया अर्थात ७७.५९ प्रतिशत बजेट खर्च गरेको छ । यस मन्त्रालयमा पूँजीगततर्फ १५ अर्ब ११ करोड ५१ लाख ५ हजार बजेट रहेको थियो । चालु तर्फ ८४ करोड ४९ हजार रकममध्ये ३२ करोड ७५ लाख ६० हजार ९ सय ६७ रुपैँयाअर्थात ३८.९९ प्रतिशत बजेट खर्च भएको देखिन्छ ।
सामाजिक विकास मन्त्रालयले पुँजीगततर्फ ६३ करोड ६९ लाख ५४ हजार १सय ४० अर्थात ७६.२३ प्रतिशत बजेटखर्च भएको छ । यस मन्त्रालयको पूँजीगत बजेट ८३ करोड ५६ लाख १७हजार रहेको थियो । यस मन्त्रालयले चालु तर्फ ७१.८८ प्रतिशत बजेट खर्च गरेको छ ।त्यस्तै मुख्यमन्त्रीतथामन्त्री परिषद्को कार्यालयले पूँजीगततर्फ ६४ करोड ५३ लाख ६९ हजार ४ सय ६१ अर्थात ७४.०७ प्रतिशत बजेट र चालु तर्फ २१ करोड १० लाख ८७हजार ३ सय २९ रुपैँयाअर्थात ४६.२४ प्रतिशत बजेट खर्च भएको छ ।
त्यस्तै आर्थीक मामिलातथा योजनामन्त्रालयको पूँजीगततर्फ ६३.८४ र चालुतर्फ ३०.९५ प्रतिशत बजेट खर्च भएको छ भने कृषि,भुमीव्यवस्थातथा सहकारी मन्त्रालयको पूँजीगततर्फ ५९.२५ र चालु तर्फ ६७.७७प्रतिशत बजेट खर्च भएको छ ।
यसै बिच गण्डकी प्रदेशसभाको पूँजीगत बजेट ९५.९२ प्रतिशतखर्च भएको छ । यसको पूँजीगततर्फ २ करोड ९० लाख ३५ हजार ३ सय ८२ रहेको थियो । चालु तर्फ ११ करोड २६ लाख २९ हजार रकममध्ये १० करोड ८४ लाख ८० हजार १ सय ५९ रुपैँयाअर्थात ९६.३२ प्रतिशत बजेट खर्च भएको छ । प्रदेश नीति तथा योजना आयोग पूँजीगततर्फ ८९.९८ प्रतिशत र चालु तर्फ ६३.५९ प्रतिशत बजेट खर्च भएको छ ।

प्रतिक्रिया राख्नुहोस्